शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ : रेनु दाहाल

आइतबार, २९ जेठ २०७९, १६ : ५५
आइतबार, २९ जेठ २०७९

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने जिकिर गरेकी छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिव शक्ति युवा क्लब भरतपुर–१४ र सूर्योदय क्लब भरतपुर–१५ ले आइतबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सो कुरा उल्लेख गरेकी हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १४,१५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणधिन र निर्माण गरिने क्रममा रहेकाले यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने मेयर दाहालको भनाइ छ ।
भरतपुरमा हुने विकासले नै रोजगारी सिर्जना हुने भएकाले महानगरपालिकाले यस्ता परियोजनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिन् ।

'भरतपुर १४ र १५ को सिमानामा ३०० शैयाको केन्द्रीय शिक्षक अस्पताल, वडा नम्बर २१ मा केन्द्रीय उद्योगग्राम निर्माण भएपछि यहाँका स्थानीयले रोजगारी पाउने छन्', मेयर दाहालले  भनिन् । भरतपुर महानगरपालिकाले युवासँग मेयर कार्यक्रममार्फत बैँकबाट रु ५ लाख ऋण लिने उद्यमीलाई ब्याजमा शतप्रतिशत अनुदान प्रदान गर्दै आईरहेको बताउँदै मेयर दाहालले यो रकमभन्दा बढी ऋण लिनेलाई सहुलियत प्रदान गर्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जानकारी दिइन् ।

मेयर दाहालले महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने स्पष्ट नीतिअनुसार रोजगारी बैंक निर्माणको तयारीमा रहेको बताइन् ।  कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले युवाहरुले सीप, दक्षतामा ध्यान दिनुपर्ने बताए। विकास निर्माणको कार्यमा सीप तथा दक्ष व्यक्तिको आवश्यक पर्ने भएकाले सबैले कुनै न कुनै सीप सिकेर बस्नुपर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप