आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा विपद्का ६४४ घटना, ६० जनाको मृत्यु

चट्याङबाट मृत्यु हुनेको संख्या धेरै
आइतबार, २९ जेठ २०७९, १६ : १७
आइतबार, २९ जेठ २०७९

देशभर दुई महिनामा विपद्का ६४४ घटनामा ६० जनाको मृत्यु भएको छ । यसमध्ये पनि चट्याङबाट मृत्यु हुनेको संख्या सर्वाधिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणकाअनुसार गत वैशाख १ देखि जेठ २८ गतेसम्म आगलागीका ४१४, हावाहुरीको ७२, चट्याङका ५९, जंगल आगलागीका ४९, जनावर आतंकका २९, पहिरोका १२, भारी वर्षाका ४, सर्पदंशका ४ तथा बाढीका एक घटना प्रकाशमा आएका छन् ।

यीमध्ये चट्याङ लागेर मृत्यु हुनेको संख्या सर्वाधिक अर्थात् २६ छ । यस्तै, आगलागीबाट मृत्यु हुनेको संख्या १४ छ भने जनावर आतंकबाट ८, हावाहुरीबाट ७, पहिरोबाट ३, सर्पदंशबाट २ जनाको मृत्यु भएको छ । ती घटनामा १४८ जना घाइते भएका छन् भने एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । ती सबै घटनामा ८३० परिवार प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार गत शुक्रबार बिहान १० देखि शनिबार बिहान १० बजेसम्मको अवधिमा विपद्का घटनामा एक जनाको मृत्यु तथा दुई जना घाइते भएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँ बस्ने एक पुरुषको शव पहिरोले पुरेको अवस्थामा फेला परेको प्राधिकरणले जनाएको छ । यस्तै, भरतपुर महानगरपालिका–२३ बस्ने ४३ वर्षीय एक पुरुषलाई बाघले आक्रमण गरी घाइते बनाएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३, परेवाङस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा अलकत्रा तताउने गाडीमा वायरिङ सर्ट भई आगलागी हुँदा सो गाडी पूर्ण रुपमा जलेको छ भने २९ वर्षीय सहचालक घाइते भएको प्राधिकरणले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप