आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तलव बढाइएको छ, कर्मचारीहरु काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा

आइतबार, २९ जेठ २०७९, १५ : २२
आइतबार, २९ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताएका छन् । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाए ।

‘श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन काँग्रेस अझ बढी रचनात्मक ढंगले जाने मेरो विश्वास छ,’ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भने । समाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने देउवाको भनाइ छ । ‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ,’ उनले भने ।

योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा औपचारिक र अनौपचारिक दुबै क्षेत्रबाट अपेक्षाकृत लाभ उठाउन सबै एकजुट भइ कार्य गर्न जरुरी रहेको देउवाले बताए । यस सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने विषय समेटिएको उनको भनाइ छ । ‘ट्रेड युनियन काँग्रेस र अन्य ट्रेड युनियनले श्रमिकको सुरक्षा र सुविधाका लागि उठाएको विषय संवेदनशील छ । सरोकारवालासँग छलफल गरी सम्बोधन गर्दै जाने तपाईहरुलाई आश्वस्त पार्न चाहन्छु,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप