शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

आइतबार, २९ जेठ २०७९, १४ : ५४
आइतबार, २९ जेठ २०७९

गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अगाडि  रहेको बताएका छन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उनले बताए ।

गृहमन्त्री खाणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंको द सोल्टी होटलमा आजबाट सुरु भएको चौथो साकोस शिखर गोष्ठी, २०७९ को उद्घाटन गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तनमा समेत सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री खाणले भने, ‘राज्यले गर्न नसकेको काम पनि सहकारी गरेको छ । दूरदराजका दिदीबहिनी, आमाहरूलाई सशक्त बनाउने र घर, समाज सुधार्ने काममा राज्य नपुगेको ठाउँमा पनि सहकारी पुगेको छ । सहकारीको भूमिका अहम छ ।’  

सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरूले गरेको गलत कामको गुनासो बढ्दै गएको बताउँदै सम्पूर्णलाई एकीकृत सूचना केन्द्र कोपोमिसमा प्रविष्टित हुन आग्रह गरे । सहकारीहरीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आएकोले त्यस्तो नगर्न उनले सहकारी संघ संस्थाहरुलाई आग्रह गरे ।  सो अवसरमा रजिष्ट्रार पण्डितले सहकारी संस्था र सञ्चालकहरुलाई आफूलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यास नगर्न समेत चेतावनी दिए । यस्तो कार्यले सहकारीको भलो नहुने र सहकारीप्रतिको विश्वास समेत अझ गुम्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप