पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छाडे
आइतबार, २९ जेठ २०७९, १४ : ४९
पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छाडेका छन् । गृहमन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उद्देश्यले विदेश गएका हुन् ।
यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन् ।
सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६ जना नेपाली विदेश गएका छन् । विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा ६ लाख ४६ हजार ५६३ र सन् २०२० मा ३ लाख ८७ हजार ९९४ जना विभिन्न उद्देश्यले विदेश गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला