बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रोल्पामा जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु

आइतबार, २९ जेठ २०७९, १४ : ४२
आइतबार, २९ जेठ २०७९

मोटरबाटो खन्ने क्रममा जेसिबी चलाएको हेर्न जाँदा रोल्पाका दुई बालकको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको छ । जिल्लाको परिर्वन गाउँपालिका–५ निवासी प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र उनका २ वर्षीय भाइ इशान खड्काको आइतबार बिहान मृत्यु भएको हो । 

 रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार आइतबार विहान उनीहरुको घरबाट करिब  २ सय  मिटरको दुरीमा पर्ने इरिबाङ्ग खरिबोट मोटरबाटोको  नयाँ ट्रयाक खोल्न जेसिबी चलाइएको थियो । उनीहरु दुई भाइ  विहान साढे ९ बजेको समयमा हेर्न गएका थिए । सो समयमा  जेसिबी   छाडेर चालक खाजा खान गएको  प्रहरीको भनाइ छ  ।  त्यही बेलामा माथीबाट खसेको डिस्को–पहिरोले पुरेर उनीहरु दुबै जनाको ज्यान गएको हो  ।

  यस्तै दुई दिन अघि गुल्मीमा पनि सडक मर्मतका क्रममा जेसिबी चलाउँदा एक जना १४ वर्षीय बालक गगन रायमाझीको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप