शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय

आइतबार, २९ जेठ २०७९, १४ : ३१
आइतबार, २९ जेठ २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा आयोजित एकीकरण कार्यक्रममा रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय भएको हो ।

जसपा नेपालमा विलय भएपछि राजपा लोकतान्त्रिकका अध्यक्ष सिंहले मधेशमा सशक्त पार्टीको आवश्यकता रहेकाले जसपासँग एकता गरेको प्रतिक्रिया दिए । सो एकीकरण कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।

अध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनु आवश्यकता रहेको बताए । उनले मधेशको मुद्दा र जनताको चाहना अनुसार एकताको विकल्प नभएको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप