बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते

आइतबार, २९ जेठ २०७९, १४ : २७
आइतबार, २९ जेठ २०७९

सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।  

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिडिरहेका मेहेतालाई  ठक्कर दिई अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप