हेटौँडालाई छुट्ट्याइएको ३० लाख बजेट फिर्ता लिन दाहालको अनुरोध
सांसद कृष्णप्रसाद दाहालले प्रदेश राजधानी हेटौँडालाई छुट्याइएको ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अनुरोध गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले ३० लाख रुपैयाँ बजेट फिर्ता लिन अर्थमन्त्रालय समक्ष अनुरोध गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले हेटौँडामा जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हेटौँडालाई प्रदेश राजधानी भनेर उक्त बजेट विनियोजन गरिएको हो । ‘हेटौँडामा बन्ने भवन कस्तो बनाउने भनेर सर्वे गर्न १० लाख रुपैयाँ र एउटा करिडोर बनाउन २० लाख छुट्याइएको छ,’ दाहालले भने ।
बजेटले आफ्ना मान्छेको निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रीत गरेको आरोप लगाउँदै दाहालले भने, ‘अन्य क्षेत्रमा बजेट नपुगेको भए त्यो ३० लाख रुपैयाँ पनि फिर्ता लिनुहोस् ।’ यस्तै,सरकारले सहर व्यवस्थित बनाउन छुट्याएको बजेट समेत अपुग भएको दाहालको भनाइ ।
‘सरकारले संघीय राजधानी र उपत्यका बाहिरका सहरलाई व्यवस्थित बनाउन भन्दै छुट्याएको बजेट अपुग छ,’ दाहालले भने, ‘त्यो पैसाले सहर व्यवस्थित बन्न सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली