शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि भएन : अनिलकुमार झा

आइतबार, २९ जेठ २०७९, १४ : १५
आइतबार, २९ जेठ २०७९

सांसद अनिलकुमार झाले बजेट निर्माणमा सांसदको भूमिका नहुनु दुःखद रहेको बताएका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंगो संसद र सांसदहरुको हविगत बढो कहालीलाग्दो रहेको बताए । उनले भने– ‘जुन संसदले देशको नीति निर्माणको काम गर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित सबैभन्दा ठूलो जिम्मेवारीको पद मानिन्छ ती सांसदहरुको यो बजेट निर्माणमा के भूमिका छ ? कुनै भूमिका छैन । अहिले सरकारमा हालीमुहाली रहेका नेताहरुको क्षेत्रमा बजेट अलि बढी नै होला । के यो बजेटमाथि मैले भनेको कुराहरु पनि छ भन्ने सांसदहरुको अवस्था होला ? कुनै पनि त्यस्तो ठाउँ छैन । सम्पूर्ण सांसदहरुको र सिंगो संसदको यसमाथि स्वामित्व रहनुपर्छ ।’

उनले सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि नभएको बताउँदै सांसदको गरिमा कायम गर्नुपर्नेमा जोड दिए ।   उनले भने– ‘म बढो लज्जाका साथ भन्न चाहन्छु, कतिपय मामिलामा आजका हामी सांसदहरु भन्दा वडाध्यक्षहरुलाई अझ बढी सक्रिय देख्छन् । यो कुरालाई सरकारले नोट गर्नुपर्छ । सांसद र संसदको गरिमा रक्षा गर्नु हाम्रै कर्तब्य हो । यो काम संसदले गर्न सकेको छैन, यसमा मलाई दुःख लागिरहेको छ ।’

उनले सार्वजनिक खरिद अनुगमन कार्यालय आवश्यक छ भने काम दिनुपर्ने अन्यथा किन राख्नुपर्यो भन्दै प्रश्न गरे ।  सांसद झाले सुरक्षित नागरिक आवास कार्यक्रम बजेटमा कतैपनि नभेटिएको बताए । उनले त्यो कार्यक्रम व्यवस्थित गर्नुपर्ने र त्यो कार्यक्रमलाई पालिका स्तरमा सार्नुपर्ने बताए ।

घडेरी र घर नभएका जनतालाई भनेर राखिएको जनता आवास कार्यक्रमले पूर्णता नपाएको बताए । कार्यक्रम लागू भएपनि धेरै ठाउँमा अधुरा घरहरु रहेको र सरकार त्यसमा उदासिन रहेको छ । प्रदेशले केन्द्रले बजेट नदिएको भन्ने र केन्द्रले प्रदेशलाई बढी घर बनाएको आरोप लगाउने गरेकोले घर बन्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप