शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नाडाको सहकार्यमा अटोमोवाइल्स व्यवसायीलाई प्रशिक्षण

आइतबार, २९ जेठ २०७९, १४ : ०१
आइतबार, २९ जेठ २०७९

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोबाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरुलाई कर, भन्सार तथा भिसिटीएस बारे प्रशिक्षण प्रदान गरिएको छ ।

यहि जेठ २७ गते शुक्रबार बुटवलको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरुसहित कुल १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ । 

कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडाले देशभर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको बताए । सो अवसरमा अध्यक्ष थापाले सबै क्षेत्रका व्यवसायीको व्यवसायिक कार्यक्षमता विकास आवस्यक रहेको समेत बताए ।

कार्यक्रममा भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यस्तै भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई प्रशिक्षण दिए । कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको भन्दै आचार्यले यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटी एस व्यवसायीकै हकहितका लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनुपर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृति पूर्णरुपमा हट्नुपर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले भने, ‘कर छलीमा राजश्व अनुसन्धानले शून्य सहनशीलताको नीति अपनाउने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप