नीति, कार्यक्रम र बजेटबीच तालमेल भएन : शक्ति बस्नेत
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटबीच तालमेल नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले संघीयता र समावेशिता कार्यान्वयनका सन्दर्भमा कार्यक्रमअनुसार बजेट नआएको बताए ।
सशर्त बजेटबारे अर्थमन्त्रालय र विभागीय मन्त्रालयबीच विवाद रहेको कुरा पनि आइरहेको बताए । ठूलो परिणामको बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने भावी नीति तथा कार्यक्रममा रहेपनि कार्यान्वयन गर्ने क्रममा उदार हुन नसकेको उल्लेख गरे ।
सांसद बस्नेतले भने– ‘१ लाख देखिका योजनाहरु सशर्त योजनाका रुपमा राखिएका छन् । कार्यक्रममा पुँजीगत खर्च बढाउन यसले समस्या पार्छ जस्तो लाग्छ । यति धेरै योजनाहरु सशर्त योजनाका रुपमा प्रदेश र स्थानीय तहमा दिइएको छ, न ती योजनाहरु उनीहरुले स्वीकार गर्ने अवस्थामा छ । न ती सबै कार्यान्वयन गर्नका लागि त्यहाँ संरचनात्मक व्यवस्था छ । यसले पूँजीगत खर्च बढाउन केही समस्या पार्छ कि जस्तो लागेको छ ।’
गरिबी निवारणका योजनालाई सहकारीसँग जोड्नुपर्नेमा त्यसमा ध्यान नपुर्याइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता