सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

संसदमा उठ्यो पश्चिम सेती भारतलाई दिने निर्णयमाथि प्रश्न

आइतबार, २९ जेठ २०७९, १३ : ०७
आइतबार, २९ जेठ २०७९

सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतको सरकारी कम्पनीलाई दिने निर्णयमाथि प्रश्न उठाएका छन् । आजको प्रतिनिधिसभामा बोल्दै उनले ७५० मेगावाट क्षमताको आयोजना भारतीय कम्पनीलाई प्रतिस्पर्धाबिना दिनुको औचित्य खोजेका हुन् ।

‘बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धा बिनै चीनलाई दिइएको भन्दै खोस्ने प्रधानमन्त्रीले पश्चिम सेती निर्माणको जिम्मेवारी भारतलाई दिनुअघि बोलपत्र आह्वान भयो ?,’ रावलले प्रश्न गरे । यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता भएको ८ वर्ष वितिसक्दा पनि पटक–पटक म्याद थपिराख्न नमिल्ने रावलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप