आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

एमाले सांसद पोखरेलको प्रश्न : यो सरकारले राम्रो संस्था देख्नै नहुने ?

आइतबार, २९ जेठ २०७९, १२ : ३२
आइतबार, २९ जेठ २०७९

एमाले सांसद कृष्णभक्त पोखरेलले वर्तमान सरकारलाई राम्रो संस्था देख्नै नहुने भन्दै प्रश्न गरेका छन् ।  

प्रतिनिधि सभामा शहरी विकास मन्त्रालय अन्र्तगतको बजेट छलफलमा सहभागी हुदै पोखरेलले वर्तमान सरकारले राम्रो संस्था देख्यो की निजीकरण गर्नेतर्फ गइहाल्ने भन्दै सरकारको कटाक्ष गरे । 

‘यो सरकारलाई कम्पनी बडो प्यारो छ क्या ! आयल निगम वीमालाई कम्पनी निजीकरण गर्ने’, उनले वर्तमान सरकारलाई विगतमा पनि १६ वटा उद्योग बेचेको अनुभव रहेको भन्दै व्यङ्ग्य गरे ।  ‘नेपालमा रहेका २९३ नपालाई ऋण र अनुदान सम्मिश्रण गरी आर्थिक प्राविधिक सहयोग पुर्याउदै आएको नगर विकास कोषलाई शहरी पुर्वाधार विकास कम्पनी बनाउने भन्नुभएछ । अलिकति राम्रो संस्था देख्ने नहुने ? निजीकरण गरिहाल्नुपर्ने ?’, पोखरेलले प्रश्न गरे ।  

त्यस्तै उनले शहरी विकास मन्त्रालय जन्मेको १० बर्ष कम्तिमा दुनियाँका लागि हेर्न लायक एउटा राम्रो शहर बनाउन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप