शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खोटाङ जोड्ने फोकसिङटार पुल निर्माण ७ वर्षदेखि अलपत्र, छिटो सक्न भट्टराईको अनुरोध

आइतबार, २९ जेठ २०७९, १२ : २६
आइतबार, २९ जेठ २०७९

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङ जोड्ने सुनकोसी फोकसिङटार पुल निर्माण विगत ७ वर्षदेखि अलपत्र परेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले ७ वर्षदेखि निर्माण सम्पन्न भएको पुलको निर्माण छिटो सक्न अनुरोध गरेका हुन् ।

‘खोटाङ जिल्ला प्रवेश गर्ने लाइफ लाइनका रूपमा रहेको सुनकोसीको फोक्सिङटारको पुल ७ वर्षदेखि विलम्ब भइरहेको छ,’ भट्टराईले भने, ‘यो पुल शीघ्र निर्माण गर्नका लागि सडक विभागमा धर्ना बस्यौँ । ४ पटक ठेकेदार कम्पनी र मन्त्रालयलाई उपस्थित गराएर कागज गरायौँ ।’ 

तर, यतिधेरै दबाब दिँदा पनि पुल निर्माणको काम सम्पन्न नभएको उनले गुनासो पोखे । उनले भने, ‘फेरिए पिच्छेका मन्त्री, सचिव र डीजीहरूसँग छलफल भइरहेको छ । बल्ल–बल्ल अहिले ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।’ तर, प्रत्येक वर्ष हालिने बेलिब्रिजमा लाखौं खर्च भइरहेको बताउँदै यो पुलको निर्माण तत्काल सक्नका लागि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप