बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

'हात्तीकाे आक्रमणबाट जनता मरुन् भन्ने सरकारको धारणा हो ?'

आइतबार, २९ जेठ २०७९, १२ : २२
आइतबार, २९ जेठ २०७९

सांसद विमला विश्वकर्माले सरकार हात्ती आतंक नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएकी छिन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले झापामा भइरहेको हात्ती आतंक रोक्न सरकार गम्भिर नभएको आरोप लगाएकी हुन् ।

‘झापा क्षेत्र नम्बर २ मा हात्ति आतंक छ । हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोषले डीपीआर तयार गर्ने योजनाका साथ सोलार फेन्सिङको योजना वन तथा वातावरण मन्त्रालयमा पेस गरियो,’ उनले भनिन्, ‘तर, सरकारले सुनुवाई गरेन । यो योजना नै हरायो ।’

हात्ती प्रभावित क्षेत्रका जनताको समस्या समाधान हुन नसक्नुको कारण सरकारसँग सोध्दै उनले भनिन्, ‘हात्ती आक्रमणबाट जनता मरुन् भन्ने सरकारको धारणा हो ?’ यस्तो धारण नभएमा सरकारले तत्काल हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङका लागि बजेट विनियोजन गर्नुपर्ने उनको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप