कृषकलाई समयमा मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ
आइतबार, २९ जेठ २०७९, १२ : १६
सभामुख अग्निप्रसाद सापकोटाले समयमै किसानलाई मलको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले सांसदहरुले उठाएको रासायनिक मल अभावको विषय ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र किसानलाई मल उपलब्ध गराउन सरकारका सम्बन्धित मन्त्रीलाई रुलिङ गरेका हुन् ।
सभामुख सापकोटाले भने–‘खेतीको समयमा पनि रासायनिक मल उपलब्ध नभइरहेको सन्र्दभमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकषर्ण भएको छ । यथाशीघ्र किसानलाई मल उपलब्ध गराउने गरी व्यवस्थापन गर्न गराउन सम्बधित मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’
आगामी आर्थिक बर्षका लागि पस्तुत विनियोजन विधेयकमाथि बोल्ने क्रममा अधिकांश सांसदहरुले किसानलाई मल अभाव भएको विषय संसदमा उठाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई