आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सांसद शेरबहादुरको प्रश्न : सिन्धुपाल्चोकलाई विश्व बैंकले दिएको साढे ६ अर्ब  कहाँ गयो ?

आइतबार, २९ जेठ २०७९, १२ : १२
आइतबार, २९ जेठ २०७९

एमाले सांसद शेरबहादुर तामाङले प्राकृतिक प्रकोप ग्रस्त सिन्धुपाल्चोक जिल्लालाई विश्व बैंकले दिएको आर्थिक सहायता कहाँ गयो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले यसबारे सरकारलाई रुलिङ गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरे । 

जुरे पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपका धेरै घटनाहरु घटेपछि सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्लाको घोषणा गरेको र विश्व बैंकमार्फत साढे ३ अर्ब रुपैया प्राप्त गरेको बताए ।  मेलम्चीमा आएको बाढीबाट ७० अर्ब भन्दा बढी क्षति पुर्याएको र सबै प्रकोपलाई सम्वोधन गर्न विश्व बैंकबाट साढे ६ अर्बभन्दा बढी रकम प्राप्त भएपनि कुनै काम नभएको बताए ।

 उनले भने– ‘सिन्धुपाल्चोक जिल्ला सभामुखको आफ्नै जिल्ला पनि भएकोले यसबारेमा सरकारलाई रुलिङ होस् । अहिलेसम्म ३ वटा पालिकाबीच सम्पर्क छुटिसकेको छ । विश्व बैंकले दिएको यो रकम अन्तै तलब भत्तामा खर्च भयो कि ? जिल्लाको आएको पैसा त्यहीँ खर्च गरियोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप