व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन : बिजुक्छे
आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । भक्तपुरको ख्वप कलेजमा सुरु भएको सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन् ।
उनले व्यवस्थापन गतिलो नहुँदा देशको विकासले गति लिन नसकेको बताए । मोहियानी हक नदिइ कमैया मुक्त गर्दा कमैयाहरूले खान नपाई फेरि कमैया नै बस्न आउनुपर्ने बाध्यता भएको बताउँदै उनले सरकारमा बसेकाहरूले व्यवस्थापन नबुझ्दा यो समस्या पटकपटक आउने गरेको उल्लेख गरे ।
भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्टिय योजना आयोगका सदस्य डा. रामकमार फुयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा.डा. ध्रुवकुमार गौतम, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वबारे चर्चा गरे ।
आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुईवटा टेक्निकल सेसन हुने बताए । दोस्रो दिन चारवटा टेक्निकल सेसन हुने उनको भनाइ छ ।
पहिलो दिन प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. ध्रुवकुमार गौतम र डा. रामकुमार फुयाल र दोस्रो दिन प्रा.डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई