खोटाङ जिसस प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको मनोनयन
जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र एमालेबाट किशोरकुमार श्रेष्ठको मनोनयन दर्ता भएको छ । ३० जेठमा हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि शनिबार प्रमुखमा राई र श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो ।
जिल्ला समन्वय समितिको उपप्रमुखका लागि गठबन्धनबाट माओवादी केन्द्रका सुरेश तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ । चुनावी भागबण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो ।
खुला सदस्यमा गठबन्धनबाट काँग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा काँग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको उम्मेदवारी दर्ता भएको छ ।
एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला