बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनका रक्षामन्त्रीको अमेरिकालाई जवाफ : ताइवानको स्वतन्त्रता रोक्नका लागि अन्तिम साससम्म लड्नेछौँ

आइतबार, २९ जेठ २०७९, ११ : ०५
आइतबार, २९ जेठ २०७९

चीनको रक्षामन्त्रीले एकपटक पुनः कडा शब्दमा आफ्नो देश ताइवानको स्वतन्त्रता रोक्नका लागि अन्तिम साससम्म लड्ने बताएका छन् ।

रक्षामन्त्रीको यो बयान यस्तो समय आएको हो जब अमेरिका लगातार ताइवानमा चीनको रवैयाप्रति चिन्ता व्यक्त गर्दैछ ।

चीनका रक्षामन्त्री वे फेंग सिंगापुरमा चलिरहेको शांगरी–ला डायलगका बेला क्षेत्रीय व्यवस्थाको विषयमा चिनियाँ धारणाबारे विस्तारपूर्वक चर्चा गरिरहेका थिए ।

यसअघि शनिबार अमेरिकाले चीनमाथि ताइवान नजिकै ‘उत्तेजक र अस्थिरता बढाउने’ खालको कारवाही गरेको आरोप लगाएको थियो ।

जवाफमा चीनका रक्षामन्त्रीले आइतबार ताइवानलाई मुक्त गर्ने कुनै पनि प्रयासलाई कुल्चिने बताएका छन् ।

अमेरिकालाई आलोचना गर्दै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने पनि बताए । उनले आफ्नो देशको विकास अरुका लागि खतरा नएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप