अमेरिकामा ‘गन कल्चर’ को विरुद्धमा जनता सडकमा उत्रिए, जताततै प्रदर्शन
आइतबार, २९ जेठ २०७९, ०९ : १८
लगातार गोलीकाण्डका घटनाहरू भइरहेका बेला अमेरिकामा बन्दुक संस्कृतिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रदर्शनहरूलाई समर्थन गरेका छन् र कांग्रेसलाई नयाँ बन्दुक सुरक्षा कानुन छिट्टै पारित गर्न अपील गरेका छन् ।
तर, रिपब्लिकन सांसदहरूले यो विधेयकको विरोध गर्ने विश्वास गरिएको छ ।
गत महिना टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई वयस्कको मृत्यु भएको थियो ।
यसपछि बफेलो सुपरमार्केटमा भएको भीषण गोलीबारीमा १० जनाको ज्यान गएको थियो ।
त्यसबेलादेखि अमेरिकामा बन्दुक राख्ने नियमलाई कडा पार्ने माग भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान