जिसस पर्सामा एमाले–जसपाको गठबन्धन विजयी
आइतबार, २९ जेठ २०७९, ०९ : ०९
जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज साह विजयी भएका छन् । जसपा र नेकपा (एमाले)को तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन् ।
उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।
यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरिन् ।
जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन गरेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । े जिल्लामा एमालेको १०, काँग्रेसको १२ जसपाको पाँच र लोसपाको एक मत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?