आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जिसस पर्सामा एमाले–जसपाको गठबन्धन विजयी

आइतबार, २९ जेठ २०७९, ०९ : ०९
आइतबार, २९ जेठ २०७९

जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज साह विजयी भएका छन् । जसपा र नेकपा (एमाले)को तर्फबाट  साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन् । 

उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी बने भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरिन् । 

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन गरेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । े जिल्लामा एमालेको १०, काँग्रेसको १२ जसपाको पाँच  र लोसपाको एक मत रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप