अमेरिकामा महँगी पछिल्लो चार दशककै रेकर्ड स्तरमा
अमेरिकामा महँगी गत महिनामा तीव्र रूपमा बढेको छ । बढ्दो ऊर्जा र खाद्यान्नको मूल्य वृद्धिका कारण मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको छ ।
श्रम विभागका अनुसार अप्रिलमा स्थिति ठिक भएपछि मे मा वार्षिक मुद्रास्फीति ८.०६ प्रतिशत पुगेको छ ।
बढ्दो महँगीले परिवारलाई समस्यामा पारेको छ भने सरकार मुद्रास्फीति नियन्त्रण गर्न दबाबमा छ ।
यससँगै अमेरिकी केन्द्रीय बैंकले मार्चदेखि ब्याजदर बढाउने भएको छ ।
विश्लेषकहरूले मूल्य घटाउन केही कदम चालेको आशा गरेका थिए तर रुस र युक्रेनबीचको युद्धले कच्चा तेल र गहुँजस्ता वस्तुको मूल्य बढेको छ । रुस र युक्रेनका कारण अमेरिकाको निर्यात अवरुद्ध भएको छ, जसका कारण मुद्रास्फीतिसँग जुध्न पहिलेभन्दा कठिन भएको छ ।
मे २०२१ को तुलनामा, पछिल्लो महिनामा खाद्यान्नको मूल्य १० प्रतिशत र ऊर्जा ३४ प्रतिशतले बढेको छ ।
यो वृद्धिले समग्र अर्थतन्त्रलाई असर गरिरहेको छ, जसका कारण एयरलाइन्सको टिकट, कपडादेखि स्वास्थ्य सेवासम्म सबै महँगो भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार