बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इंग्ल्यान्ड र इटालीको बराबरी, जर्मनी रोकियो

आइतबार, २९ जेठ २०७९, ०६ : १७
आइतबार, २९ जेठ २०७९

यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दा जर्मनी बराबरीमा रोकिएको छ । समूह ए३ को तेस्रो खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाढे । खराब प्रदर्शनबाट गुज्रिरहेको इंग्ल्यान्ड घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकियो । 

यता, अर्को खेलमा जर्मनी हंगेरीसँग १–१ गोलको बराबरीमा रोकियो । खेलको छैटौँ मिनेटमा जिसोल्ट नाग्यले गोल गर्दै घरेलु टोली हंगेरीलाई अग्रता दिलाए । भ्रमणकारी टोली जर्मनीका लागि नवौँ मिनेटमा जोनास होफम्यानले बराबरी गोल गरे । खेलसँगै कतार विश्वकप २०२२ बाट बाहिरिएको इटाली तीन खेलबाट ५ अंक बनाउँदै शीर्षस्थानमा छ । ४ अंकको हंगेरी दोस्रो स्थानमा रहँदा जर्मनी ३ अंक सहित तेस्रो र २ अंकको इंग्ल्याण्ड पुछारमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप