यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी
हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ । सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध छ ।
मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ । यसअघि पनि मारिऊपोलमा सङ्क्रमण देखिएको थियो । विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो । यो सहरमा यूक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले ‘हैजा, झाडापखाला र अरू सङ्क्रामक रोगहरू सहरमा देखा परिसकेको’ बताए । ।
उनले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि सहर रूसी सेनाको कब्जामा रहेकोले यसको स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।
यद्यपि रूसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षणहरू गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको दावी गरेका छन् ।
युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिऊपोलबाट आफूले सीमित सूचना प्राप्त गरिरहेको जनाउँदै यूक्रेनको नियन्त्रणमा रहेका भूभागमा परीक्षण गरेको र कुनै पनि घटना फेला नपरेको जनाएको छ । युद्धका कारण मारिऊपोलको पिउने पानी प्रणालीमा पनि क्षति पुगेको छ ।
यसै हप्ताको सुरुमा संयुक्त राष्ट्रसङ्घले पानीसँग ढल मिसिएको भन्दै त्यसबाट हैजाको जोखिम रहेको बताएको थियो । रेडक्रसले सरसफाइसँग सम्बन्धित पूर्वाधारमा क्षति पुग्दा त्यसले पानीबाट सर्ने रोगहरूको सङ्क्रमण फैलिने जोखिम देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव
-
इङ्लिस प्रिमियर लिग : साउथमटनविरुद्ध बर्नमाउथलाई ३-१ को जित
-
मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन
-
जर्जियामा गर्भपतनमा लगाइएको प्रतिबन्ध खुला गर्न अदालतको आदेश
-
वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी
-
पहिरोले क्षतविक्षत राजमार्ग : दृष्य एक, पीडा अनेक