शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हेटौंडामा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

शनिबार, २८ जेठ २०७९, २२ : १८
शनिबार, २८ जेठ २०७९

हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका  हेटौंडा–९ का ५५ वर्षीय इश्वर तामाङ र २६ बर्षिया अमिना तामाङको मृत्यु भएको हो । घटनामा घाइते भएका दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त बुलेटले रातोमाटेमा पनि कारलाई ठक्कर दिएर आएको थियो । तर, कारमा मानवीय क्षती भने भएका नभएको प्रहरीले जनाएको छ । बुलेट र बुलेट चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप