मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटीको नवौँ वार्षिकोत्सव मनाइयो (तस्बिरहरु)

शनिबार, २८ जेठ २०७९, २१ : ११
शनिबार, २८ जेठ २०७९

डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको नवौँ वार्षिकोत्सव मनाइएको छ । शुक्रबार साँझ राजधानीको एलिस रिसेप्सनमा एक विशेष समारोहका बीच वार्षिकोत्सव मनाइएको हो । 
प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित विभिन्न दलका नेताहरु, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक आयोगमा प्रमुखहरु, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, कलाकार, व्यापारीलगायतको उपस्थिति रहेको थियो । 

हाइटेक प्रविधि अपनाएर गरिएको कार्यक्रममा प्रधानमन्त्रीसहित प्रमुख दलका नेता र विभिन्न क्षेत्रका प्रतिनिधिले शुभकामना दिएका थिए । सो क्रममा उनीहरुले पत्रकारिता क्षेत्रमार्फत रातोपाटीले खेलेको भूमिकाको उच्च प्रशंशा गरेका थिए । 

कार्यक्रममा कोरोना भाइरस महामारीका क्रममा फ्रन्टलाइनमा खटिएर बिरामीको सेवामा समर्पित भएका डा रोशन कुमार झा र विकट क्षेत्रमा रहेर कोभिड–१९का बिरामीको सेवामा खटिएकी स्वास्थ्यकर्मी धनकला थापालाई ‘रातोपाटी सम्मान’ अर्पण गरिएको थियो । 

​कार्यक्रममा डिस्कवरी न्युज नेटवकर्की अध्यक्ष विजया शर्माले रातोपाटीलाई सबैको सबैभन्दा राम्रो न्युज पोर्टल बनाउने आफूहरुको संकल्प रहेको बताइन् । उनले रातोपाटीलाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने पाठक, विज्ञापनदाता शुभेच्छुक सबैप्रति आभार प्रकट गरिन् । 

यस्तै रातोपाटीका संस्थापक ओम शर्माले जिवेन्द्र सिम्खडाको सम्पादकीय नेतृत्वमा रहेको  टीमले जनता, समृद्धि, स्वाधीनता र परिवर्तनको पक्षमा निरन्तर जागरुक गराइरहने प्रतिबद्धता जनाए । 
‘सबैको सबैभन्दा राम्रो’ नारा बोकेको रातोपाटी २०७० जेठ २७ देखि निरन्तर सञ्चालनमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप