अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ ।
नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनमा छ । यसअघिको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल यसअघि अमेरिकासँग भएको चार खेलमा तीनमा जित निकालेको थियो । एक खेलमा अमेरिकाले जित निकालेको थियो ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, देव खनाल, आरिफ शेख, आदिल अन्सारी र सुशान भारी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्