क्रिकेट हेर्न अध्यक्ष र कोषाध्यक्ष अमेरिकामा
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंह यतिबेला अमेरिकामा छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्रिकेट खेल हेर्न उनीहरु शुक्रबार अमेरिका पुगेका हुन् । उनीहरुलाई क्यानले खर्च व्यहोरेर पठाएको भन्ने कुरा उठ्न थालेको छ । यद्यपी क्यानले अध्यक्ष र कोषाध्यक्ष अमेरिका गएको विषयमा आधिकारीक रुपमा कुनै खुलाएको छैन ।
क्यानले अध्यक्ष र कोषाध्यक्ष व्यक्तिगत खर्चमा अमेरिका गएको बताएको छ । क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्लले उनीहरु व्यक्तिगत खर्चमा गएको र अमेरिकामा खेल बाहेक अन्य काम पनि भएको बताए ।
‘उहाँहरु व्यक्तिगत खर्चमा अमेरिका जानुभएको हो । त्यहाँ खेल बाहेक अन्य कार्यक्रम पनि छ,’ मल्लले रातोपाटीसँग भने ।
अध्यक्ष र कोषाध्यक्ष राष्ट्रिय क्रिकेट टोलीको बिदाइको समयमा जाने कुरा थिएन । टिम अमेरिका पुगेपछि उनीहरु गएका हुन् । त्यस्तै क्यानको तर्फबाट म्यानेजरको रुपमा दुर्गा पाठक र टिम लिडरका रुपमा पदम खड्का यसअघि नै राष्ट्रिय टोलीसँग अमेरिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्डसामु निरीह बन्यो श्रीलंका, एक खेलअगावै शृंखला गुमायो
-
पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा, तस्बिरहरु
-
जस्टिन ट्रुडोको राजनीतिक जीवनको उकाली–ओराली
-
कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान सकियो
-
चीनले मानव इतिहासकै सबैभन्दा शक्तिशाली मेसिन गन बनाउँदै
-
इमरान र बसिरको अर्धशतकसँगै बागमतीविरुद्ध आर्मीले बनायो कीर्तिमानी रन