सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोलाजस्तै हो : महर

शनिबार, २८ जेठ २०७९, १९ : ३१
शनिबार, २८ जेठ २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोजाजस्तै भएको टिप्पणी गरेका छन् । स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको दाबी गरेका हुन् । 

‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ,’ महरले भने  । उनले काँग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए । ‘काँग्रेसलाई गठबन्धन भए पनि ठीक छ, नभए पनि ठीक छ । काँग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन,' उनले भने । 

एमाले अध्यक्ष केपी शर्माओलीले संविधानलाई ट्रयाकभन्दा बाहिर लिन खोजेपछि काँग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ । वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको महरले बताए । -  न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप