शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेड्मी नोट ११ नेपाली बजारमा रुचाएको स्मार्टफोन बन्दै : कम्पनी

शनिबार, २८ जेठ २०७९, १९ : २१
शनिबार, २८ जेठ २०७९

इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइडले रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोनमा रहेको बताएको दाबी गरेको छ । शाओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको कम्पनीले जनाएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको कम्पनीको भनाइ छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्कसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । 

अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५+ अधिकृत स्टोरहरू स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप