समृद्धि फाइनान्सद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
शनिबार, २८ जेठ २०७९, १८ : ०९
समृद्धि फाइनान्सले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७० वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशव राज जोशी, हेटौँडामा हेटौँडा उ.न.पा.का उप मेयर राजेश बानियाँ, पोखरामा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र बुटवल शाखामा सञ्चालक सुजन अधिकारीको उपस्थिति रहेको संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा