मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

चरित्र हत्या गर्छु भन्दै ५० लाख फिरौती माग गर्ने पक्राउ

शनिबार, २८ जेठ २०७९, १८ : ०२
शनिबार, २८ जेठ २०७९

ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका-७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई ५० लाख फिरौती रकम माग गरेको र पीडितले ३ लाख दिएकोमा पुनः पटक-पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप