आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पप गायक जस्टिन बिबरको अनुहारमा पक्षाघात, आधा भाग चल्न छाड्यो

शनिबार, २८ जेठ २०७९, १७ : ४६
शनिबार, २८ जेठ २०७९

पप गायक जस्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ पछि उनले विभिन्न कन्सर्ट शोहरु रद्द गरेका छन् । ​क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित छन् । गायकले उनको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताएका छन् ।

२८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा साङ्गीतिक टुरमा छन् । उनले टोरन्टो, वाशिन्टन डिसी र न्युयोर्कका शोहरु रद्द गरेका छन् । ‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ । भिडियोमा मेरो एउटा आँखा झिम्केको छैन । मेरो अनुहारको एउटा भागबाट हाँस्न पनि सक्दिनँ । मेरो अनुहारको एक पक्ष पूर्ण रूपमा पक्षाघात भएको छ ,’ बिबरले भिडियोमा भन्छन् । 

रामसे हन्ट सिन्ड्रोम एक प्रकारको छालाको रोग हो । यसले कान नजिकैको अनुहारको स्नायुलाई असर गर्ने विज्ञहरू बताउँछन् ।​ बिबरको पछिल्लो एल्बम ‘जस्टिस’ सन् २०२१ मार्चमा सार्वजनिक भएको थियो । 

उनले आगामी शोहरु शारीरिक रूपमा गर्न सक्षम नभएको बताउँदै आफ्ना फ्यानहरूलाई बुझिदिन आग्रह गरे । ‘ तपाईंले देखिरहनुभएको यो कति गम्भीर छ भनेर । मेरो शरीरले मलाई केही समय आराम गर्नुपर्छ भनिरहेको छ । मलाई आशा छ हजुरहरूले बुझ्नुहुनेछ ,’  बिबरले भने ।

स्रोत : द गार्जियन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप