पप गायक जस्टिन बिबरको अनुहारमा पक्षाघात, आधा भाग चल्न छाड्यो
पप गायक जस्टिन बिबर अनुहारको एक भाग भाइरसको कारण ‘पूर्ण पक्षाघात’ पछि उनले विभिन्न कन्सर्ट शोहरु रद्द गरेका छन् । क्यानेडियन पपस्टार बिबर राम्से हण्ट सिण्ड्रोमबाट ग्रसित छन् । गायकले उनको इन्स्टाग्राम पेजमा पोष्ट गरेको भिडियोमा आफू रोगबाट ‘नराम्ररी ग्रसित’ भएको बताएका छन् ।
२८ वर्षे गायक अहिले उत्तरी अमेरिकामा साङ्गीतिक टुरमा छन् । उनले टोरन्टो, वाशिन्टन डिसी र न्युयोर्कका शोहरु रद्द गरेका छन् । ‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ । भिडियोमा मेरो एउटा आँखा झिम्केको छैन । मेरो अनुहारको एउटा भागबाट हाँस्न पनि सक्दिनँ । मेरो अनुहारको एक पक्ष पूर्ण रूपमा पक्षाघात भएको छ ,’ बिबरले भिडियोमा भन्छन् ।
रामसे हन्ट सिन्ड्रोम एक प्रकारको छालाको रोग हो । यसले कान नजिकैको अनुहारको स्नायुलाई असर गर्ने विज्ञहरू बताउँछन् । बिबरको पछिल्लो एल्बम ‘जस्टिस’ सन् २०२१ मार्चमा सार्वजनिक भएको थियो ।
उनले आगामी शोहरु शारीरिक रूपमा गर्न सक्षम नभएको बताउँदै आफ्ना फ्यानहरूलाई बुझिदिन आग्रह गरे । ‘ तपाईंले देखिरहनुभएको यो कति गम्भीर छ भनेर । मेरो शरीरले मलाई केही समय आराम गर्नुपर्छ भनिरहेको छ । मलाई आशा छ हजुरहरूले बुझ्नुहुनेछ ,’ बिबरले भने ।
स्रोत : द गार्जियन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण