भारतद्वारा निर्मित विद्यालय उद्घाटन
भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माविलाई आज उद्घाटन गरिएको छ । सो दुई तल्लो माविको भवन मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
सो विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “ आजादी का अमृत महोत्सव अन्तर्गत रहेको छ । सो विद्यालय नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो ।
यो विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने विश्वास भारतले लिएको छ । १५ वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी