शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलद्वारा ​प्रधानमन्त्री देउवासँग भेट

शनिबार, २८ जेठ २०७९, १७ : ०७
शनिबार, २८ जेठ २०७९

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा. बद्री के.सीसहितको प्रतिनिधि मण्डलले ​प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गरेको छ । भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्याबारे अवगत गराउँदै उनीहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् ।

अध्यक्षद्वले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु सम्बोधन भएकोमा नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गरेका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरु प्रति नेपाल सरकार सकारात्मक रहेको जानकारी दिए । आजको भेटघाट कार्यक्रममा उपाध्यक्ष नरेन्द भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसिसि पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधि मार्फत आयोजना हुन गइरहेको छ । यस कार्यक्रममा सहभागीताका लागि नेपाल सरकार सम्बन्धित मन्त्रालयहरु, राजनैतिकदलहरु र सरोकारवालाहरुसँग भेटघाटको क्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप