शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन आग्रह

शनिबार, २८ जेठ २०७९, १६ : ५०
शनिबार, २८ जेठ २०७९

महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महान्याधिवक्ता खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरूको तथ्य बाहिर ल्याउन सञ्चार माध्यमहरुलाई पनि आग्रह गरे । सञ्चार माध्यमहरूले उपभोक्ता हित विपरीतका काम गर्नेहरूलाई बाहिर ल्याउन सके उनीहरूमाथि कारबाही गर्न सरकारलाई सहज हुने उनको भनाई थियो ।

 नेपाली उपभोक्ता संरक्षण महासङ्घ, बागमती प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आम उपभोक्ताको हितलाई संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । महान्यायाधिवक्ता खातीले आम उपभोक्तालाई  आफ्नो अधिकारप्रति सचेत गराउन गाउँ गाउँमा अभियान नै सञ्चालन गर्न जरुरी रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप