‘काँडेतार’ को टिजरमा राष्ट्रियताको कथा
अभिनेता नवल खड्काको निर्माण निर्देशन रहेको फिल्म ‘काँडेटार’ को टिजर सार्वजनिक भएको छ । नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने विषय कथा बनाइएको फिल्मको टिजरमा पनि यस्तै कुराको उठान गरिएको छ ।
फिल्ममा नवल खड्का, गौरव पहाडी, सुरवीना कार्की, रेबिका गुरूङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, परशुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवि शाह, ज्ञानेन्द्र कोइराला, अञ्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्काको अभिनय छ ।
फिल्ममा सीमानामा काँडेतार बारले मुलुकका नागरिक र भूमिको संरक्षणमात्र गर्ने नभई असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने र नागरिकलाई राष्ट्रियता बोध गराउने कथा समेट देखन कथा देखाइएको निर्देशक खड्काले बताए । टिजर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
नवलले यसअघि पनि राष्ट्रियताको भाव बोल्ने ‘दशगजा’, ‘आवाज’, ‘भीमदत्त’ जस्ता फिल्म निर्माण गरेका थिए । गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्ममा माकिको राई र अञ्जु केसी निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै