बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विप्लवको पार्टीले भोलि नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने

शनिबार, २८ जेठ २०७९, १५ : १६
शनिबार, २८ जेठ २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ? भन्ने प्रश्न गरे । उनले भने,‘हाम्रो देशमा एमसीसी भित्रिसकेपछि अमेरिकी सेनाका जर्नल नेपाल भ्रमणमा छन्, कतै देश अमेरिकाबाट युक्रेन त हुने होइन ? आज यो खतरा पैदा भएको छ ।’

आफूहरू राज्यसँग तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको स्मरण गराउँदै पुनले अहिले पनि सहमति पालनामा सरकार उदासीन देखिएको गुनासो पोखे । उनले भने,‘राज्यले अझै पनि हाम्रा जेलमा रहेका साथीहरूलाई रिहाइ गरेको छैन, कतै अझै पनि राज्यले युद्ध त चाहेको छैन, यदि यस्तै चाहेको हो भने हामी त्यो बाटो अपनाउन पनि तयार छौँ ।’

संगठनको केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तीव्रता दिने घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज मात्रै माओवादी तथा मजदुर आन्दोलनमै रहेका विभिन्न ५७ जना व्यक्तिहरू सो समितिमा प्रवेश गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप