दलीय व्यवस्थामा गैरदलीयहरुको उदय खहरे खोलाजस्तै हो : नैनसिंह महर
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरुको उदय खहरे खोजाजस्तै भएको बताएका छन् ।
स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको बताए । ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ’ महरले भने ।
यस्तै उनले काँग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए । ‘काँग्रेसलाई गठबन्धन भएपनि ठीक छ, नभए पनि ठीक छ’ उनले भने, ‘काँग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन ।’ एमाले अध्यक्ष केपी शर्माओलीले संविधानलाई ट्रयाकभन्दा बाहिर लिन खाजेपछि काँग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ ।
‘वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको हो । काँग्रेस यसलाई अगाडि बढाउन तयार नै छ’ उनले भने । यस्तै उनले स्थानीय सरकार घरदैलोको सरकार भन्दै जनजीवनसँग सम्बन्धि विषयमा जनप्रतिनिधिको ध्यान जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान