लिग टू : नेपाल र अमेरिका भिड्दै
आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेलमा अमेरिकासँग खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।
सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्ने योजनामा छ । आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । सिरिजमा आफूलाई बलियो बनाउन आजको खेलमा जित निकाल्दै पर्ने दबाब छ ।
यता अमेरिका भने सिरिजमा लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल तुलनात्मक हिसाबमा अमेरिकाभन्दा बलियो टोली हो । पछिल्लो चार भेटमा नेपालले अमेरिकालाई तीन खेलमा हराएको छ ।
लिग टू को अंक तालिकामा नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । यता अमेरिका २२ खेलमा २६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी