भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल थालेका छन् । सोहि क्रममा शनिवार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् । रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।
कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुगेका शाहले झन्डै दुई घन्टा बिताएका थिए । लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यस्तै उनले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए ।
रिजालले भने, ‘नगर प्रमुखज्युसँग छलफल भएको हो ,महानगरपालिका केन्द्रित छलफल भयो ।’ यस्तै भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।
महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषयमा बालेनलाई सम्झाउँदाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर रिजालले भने आफु समग्र महानगरको विकासको पक्षमा रहेको र महानगरपालिकाको सञ्चालन प्रक्रियामा टेकेर काम हुनुपर्छ मात्र भनेको बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा
-
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित