आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बामताङ खोलाले बगाएर एक पुरुषको मृत्यु

शनिबार, २८ जेठ २०७९, १३ : ०६
शनिबार, २८ जेठ २०७९

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप