बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दै

शनिबार, २८ जेठ २०७९, १२ : ४२
शनिबार, २८ जेठ २०७९

एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ ।. आयोजकसमेत रहको कुवेत बिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजे शुरु हुनेछ । यसअघि बलियो टोली जोर्डन बिरुद्ध २–० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ । त्यसका लागि शनिवार अन्तिम अभ्यास गरेको छ ।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहँदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।  समूहको शीर्ष टोलीले एशियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एशियन कप खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप