कलेजो प्रत्यारोपणपछि नयाँ जीवन पाएका शाहीले यसरी सुनाए आफ्नो अनुभव

कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दङ्ग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दङ्ग परेका हुन् । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन् । उनी पूर्ववत् आफ्नो काममा जुट्दै आएका छन् ।
पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए । गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए । उनको कलेजो डा सञ्जयकुमार यादवको समूहले प्रत्यारोपण गरेको थियो ।
कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गरेका शाहीले अहिले फुर्तिलो मात्रै छैनन्, उनले गर्दै आएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आएका छन् । जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महसुस गर्न छाडेका छन् ।
कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ बेहाेस हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उनले सुनाए । पेट फुलेर आफैंलाई लाज लाग्ने खालको भएको उनको भनाइ छ । आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उनको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना
-
दीपनगर अर्थात् दीपक बोहराले बसाएको बस्तीमा सन्नाटा
-
५ करोड क्लबमा ‘दुस्मन हेरेको हेर्यै’
-
गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?
-
बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त