दलित छात्रको पठनपाठनको जिम्मा गुरुकुलले लिने
२१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हान्निँदा दलित भएकै आधारमा भर्नाबाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन् । शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो ।
तर, कहिलेकाही कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएको छ । दलित भएकै आधारमा भर्ना नपाएको समाचार केही सञ्चार माध्यमहरुले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरूले ३०४ वर्ष पुरानो देशकै जेठो गुरुकुल महोत्तरीको मट्टीहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन् ।
'केही सञ्चार माध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौ', मट्टीहानीस्थित उक्त गुरुकुलका प्राचार्य ईश्वरी पौडेलले भने । चारै जना छात्रहरूको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ ।
बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाई पनि भेदभावको नजरले नहेरिने बताउदै प्राचार्य पौडेलले भने 'हाम्रो विद्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीहरू समेत अध्ययन गरिरहेका छन् ।'
४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताए पनि पठनपाठनमा समस्या बन्ने अभिभावकहरुको गुनासो छ । ३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने शर्तमा भर्ना गर्न लागेको अभिभावकहरुको भनाइ छ ।
अभिभावकहरुको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरु प्रतिबद्ध रहेको बताउदै प्राचार्य पौडेलले छात्रहरूलाई निर्धक्क भएर मट्टीहानीस्थित गुरुकुल पठाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु