प्रेमीलाई जेल पठाउने फैसला प्रकरण : जेल पठाइएका प्रेमीलाई छाड्ने उच्च अदालत पाेखराकाे फैसला
शुक्रबार, २७ जेठ २०७९, १७ : ५६
उमेर नपुगी प्रेम विवाह गरि बच्चासमेत जन्माइसकेका प्रेमजाेडीलाई जबरजस्ती करणी करार गरि छुटाइदिने कास्की जिल्ला अदालतकाे फैसला बदर भएकाे छ । उच्च अदालत पाेखराले शुक्रबार जिल्ला अदालतकाे फैसला केही उल्टी गर्दै बालविवाहमा परिणत गरिदिएकाे हाे ।
उच्च अदालत पाेखराले जबरजस्ती करणीमा मागदाबी नपुग्ने भन्दै बालविवाह मात्रै ठहर गरेकाे हाे । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीकाे इजलासले बाल विवाह मात्रै ठहर हुने फैसला सुनाएका हुन् ।
बालविवाहकाे कसुरमा बाल सुधारगृहमा रहेका किशाेरलाई १ वर्ष कैद र १० हजार जरिवानाकाे फैसला गरिएकाे छ ।
यस फैसलासँगै किशाेर थुनामुक्त हुने भएका छन् । किशाेर करिब २ वर्षदेखि थुनामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीइभिटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान बनेका सांसदले भने : नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा पुगिसक्छन्
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो