शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मुलुकको चालू खाता घाटा ५ खर्ब ४७ अर्बमाथि पुग्यो

शुक्रबार, २७ जेठ २०७९, १६ : ०७
शुक्रबार, २७ जेठ २०७९

चालू आर्थिक वर्षको १० महिनामा मुलुकको चालू खाता घाटा बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड पुगेको छ । शुक्रबार आर्थिक वर्षको वैशाखसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो तथ्यांक देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।  समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई रु.७ अर्ब ९९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ६५ करोड पुगेको बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत 
ट्रान्सफर रु.१३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ८ करोड रहेको थियो ।  यस्तै समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप